काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स(हायात) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ । कम्पनीले गत वर्ष नाफा कमाउन नसकेपछि लाभांश बिनै साधरण सभा बोलाएको हो ।
कम्पनीले चैत्र २७ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, रजिष्टर्ड कार्यलय बौद्ध काठमाडौंमा बिहान ११ बजे अनलाइन माध्यामबाट हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत्र १२ गतेदेखि २७ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, चैत ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन पाउने छन् ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब पेश गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।