जीवन विकास लघुवित्तले बम्पर लाभांश सुरक्षित गर्न तोक्यो बुकक्लोज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न वार्षिक साधरण सभा डाकेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ७३.६८ प्रतिशत लाभांश पारित गर्न चैत २५ गते तेस्रो वार्षिक साधरण सभा डाकेको हो ।

 

लघुवित्तले गत आवको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश विवतरण गर्ने प्रस्ताव गरेको छ ।

 

लघुवित्तले सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, चैत ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।उक्त लाभांश लघुवित्तको साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

 

लघुवित्तले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्ने, नोक्सान हिसाव पेश गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पूँजी र अधिकृत पूँजी वृद्धि गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।

 

धमाधम अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, यी ठाउँमा गर्दैछ उडान Read Previous

धमाधम अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, यी ठाउँमा गर्दैछ उडान

तारागाउँ रिजेन्सी होटलले लाभांश नबाँड्ने Read Next

तारागाउँ रिजेन्सी होटलले लाभांश नबाँड्ने