काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज (चैत २ गते) अन्तिम दिन हो ।
गरिमाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले साधरणसभा प्रयोजनका लागि चैत ४ गते बुकक्लोज मिति तोकेको छ । भोलि बिहीबार फागु पूर्णिमाका दिन सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
प्रस्तावित लाभांश पारित गर्न बैंकले चैत १८ गते वार्षिक साधरण सभा बोलाएको छ । बैंकले सभा पोखराको बिरौटास्थित होटेल ग्राण्ड पोखरामा हुनेछ ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले चैत १७ गते साधरण सभा बोलाएको छ । सभा प्रयोजनका लागि एनएलजीले चैत ६ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउने छन् ।
दुवै कम्पनीको प्रस्तावित लाभांश वार्षिक साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।