यशोदा फुड्सद्वारा करेन्ट चिज एण्ड बटर, चाउचाउ र चिज बल्स सार्वजनिक

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स बजारमा ल्याएको छ ।

 

कम्पनीले एक कार्यक्रम गर्दै सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

 

सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ । यसको प्रति पिसको मूल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको उद्योगले जनाएको छ ।

 

यसैगरी, उद्योगले फेमीली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत बजारमा ल्याएको छ । कम्पनीले चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिज बल्स समेत सार्वजनिक गरेको छ ।

 

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको छ । उपभोक्ताको पहिलो रोजाइमा यशोदा फुड्सका उत्पादन रहेको र सोही अनुसार नवीनतम स्वादका ब्रान्डहरु पस्किने अवसर प्रदान गरेकोमा कम्पनीले उपभोक्तालाई धन्यवाद ज्ञापन गरेको छ ।

 

नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

 

साना तथा मझौला उद्योगदेखि आफ्नो ब्यवसायीक यात्रा शुरु गरेको यशोदा गु्रपको यात्रा प्याकेजिङ्ग , सोना पोलिमर्स मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवा सम्म पुग्दै नेपालकै उच्च ब्यवसायीक समुहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको, ३५०० भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ ।

 

आफ्ना उत्पादनहरुमा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले १५० भन्दा बढी डिलरहरुको सञ्जाल विस्तार गरेको छ । जसमार्फत कृषकहरुको आर्थिक आय आर्जनमा मद्दत पुर्याउने उद्देश्य लिएर उद्योगले स्वदेशमै कृषि कार्य गरी रहेका स्थानीय कृषकहरुबाट उत्पादित अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, अदुवा, बेसार लगाएतका कृषिजन्य उत्पादनहरु उद्योगका कच्चा पदार्थको रुपमा प्रयोग गर्ने गरेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न ५ एयरलाइन्स कम्पनी इच्छुक Read Previous

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न ५ एयरलाइन्स कम्पनी इच्छुक

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने १० कम्पनी