एभरेष्ट बैंकका म्याग्नेटिक कार्ड नचल्ने, चिप कार्ड लिन ग्राहकलाई आग्रह

काठमाडौं । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै एभरेष्ट बैंकले आगामी असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई म्याग्नेटिक कार्डको सट्टा चिप कार्ड लिन आग्रह गरेको छ ।

 

चिप कार्ड प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि एटीएममा राखिने एउटा उपकरण हो । यसमा कार्डवालाको हस्ताक्षर लगायत अन्य धेरै विवरण समावेश हुन्छ । यस्तो कार्डमार्फत रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणीकरण गर्ने भएकाले सामान्य कार्डभन्दा बढी सुरक्षित मानिन्छ ।

 

बैंकले नयाँ चिप कार्ड लिनका लागि ग्राहकहरुलाई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न भनेको छ । यस्तै, बैंकले कार्ड प्रयोगका लागि एसएमएस अलर्ट सेवा अनिवार्य भएकाले आफ्नो वास्तविक मोबाइल नम्बर पनि दर्ता गर्न भनेको छ ।

 

दुईसाता अघि चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम ह्याक गरी पैसा चोरी भएपछि नेपाली बैंकिङ्ग क्षेत्र तरंगित भएको थियो । त्यसपछि राष्ट्र बैंकले  बैंकिङ्ग सुरक्षा कायम गर्न  बैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिएको छ ।

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने Read Previous

दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

अबदेखि ६ विशिष्ठ व्यक्तिले मात्र विमानस्थलभित्र आफ्नै गाडी लैजाने पाउने Read Next

अबदेखि ६ विशिष्ठ व्यक्तिले मात्र विमानस्थलभित्र आफ्नै गाडी लैजाने पाउने