गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख ७ देखि उडान खुला गरिने

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ७ गतेदेखि व्यवसायिक उडानका लागि खुला गरिने भएको छ ।

 

वैशाख १ गतेदेखि परीक्षण उडान थालिने उक्त विमानस्थलमा ७ गतेदेखि व्यावसायिक उडानका लागि खुला गरिने भएको हो ।नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र कर्णले वैशाख ७ बाट विमानस्थल व्यवसायिक उडानका लागि खुल्ला गर्ने बताए ।

 

‘वैशाख १ मा परीक्षण उडान हुनेछ, वैशाख ७ बाट व्यवसायिक उडानका लागि खुला गरिनेछ, अहिलेसम्म जजिराले मात्र उडान गर्छु भनेर आएको छ, अन्य एयरवेज पनि आउन सक्छन्,’ कर्णले चाणक्य पोष्टसँग भने ।

 

विमानस्थल व्यवसायिक रुपमा सञ्चालनका लागि खुला गरिएपछि आवश्यक अवस्थामा उडान र अवतरण सम्भव हुने छ । त्रिभुवन विमानस्थलमा विभिन्न कारण अवतरण गर्न नसेकका हवाईजहाजले वैकल्पिक विमानस्थलको खोजीमा बंगलादेशको ढाका वा भारतका विभिन्न विमानस्थलमा जानु पर्ने बाध्यता रहेको छ । वैशाख ७ गतेपछि त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेको हवाइ जहाजहरु गौतमबुद्ध विमानस्थलमा अवतरण गर्न सकिने छ ।

 

प्राधिकरणले वैशाख १ गते परीक्षण उडान गर्ने तयारी गरेको छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सको ठूलो जहाजबाट यो विमानस्थलमा परीक्षण गरिने छ । यसअघि एरो थाइको जहाजबाट विमानस्थलमा क्यालिब्रेसन उडान गरिएको थियो । सो परीक्षणले लाइटिङ, सञ्चार उपकरण, रुट बारे विस्तृत प्रकाशन सार्वजनिक गरी विमानस्थल उडानयोग्य भएको देखाएको छ ।

 

यस्तै २ जेठदेखि कुवेतको जजिरा एयरवेजले दैनिक एक उडान गर्ने भएको छ । उक्त एयरवेजले प्राधिकरणमा हप्ताको ७ दिन उडान गर्न निवेदन दिएको प्रवक्ता कर्णले बताए ।

नेप्सेमा झिनो बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा झिनो बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

शिखर इन्स्योरेन्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ? Read Next

शिखर इन्स्योरेन्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?