साल्ट ट्रेडिङले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५ प्रतिशत गरी कुल १०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

साल्ट ट्रेडिङले घोषणा गरेको यो लाभांश १० वर्ष यताकै कम हो । कम्पनीले यसअघि आर्थिक वर्ष २०७०/७१ मा सबैभन्दा कम २० प्रतिशत लाभांश दिएको थियो ।

 

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नेपालकै पहिलो महिला ट्याक्सी चालक भन्छिन्- ‘१० वर्ष भयो, अहिलेसम्म कारबाहीमा परेको छैन' Read Previous

नेपालकै पहिलो महिला ट्याक्सी चालक भन्छिन्- ‘१० वर्ष भयो, अहिलेसम्म कारबाहीमा परेको छैन'

भाडा समायोजन नगरे चैत ८ गतेदेखि आफैं बढाउने व्यवसायीको चेतावनी Read Next

भाडा समायोजन नगरे चैत ८ गतेदेखि आफैं बढाउने व्यवसायीको चेतावनी