समृद्धि फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि विक्रीमा ल्याएको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो ।

 

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद विक्रीमा ल्याएको हो ।

 

हकप्रदमा बीओके क्यापिटल, समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालय, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।

 

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो। सोअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

 

फाइनान्सको हकप्रद सेयर विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपी आइआर सिंगल सी’ रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।

 

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न विदेशीसहित ३ एयरलाइन्स इच्छुक Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न विदेशीसहित ३ एयरलाइन्स इच्छुक

ललाइफकाइ २७ रोपनी जग्गा १ लाखमा पास ! वडाध्यक्ष र मालपोतका कर्मचारी पक्राउ Read Next

ललाइफकाइ २७ रोपनी जग्गा १ लाखमा पास ! वडाध्यक्ष र मालपोतका कर्मचारी पक्राउ