नेप्सेले माग्यो कर्मचारी, कुन पदमा कति ?

काठमाडौं, २७ फागुन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेप्सेले शुक्रबार एक सूचना प्रकाशित गर्दै दरखास्तका लागि आह्वान गरेको हो ।

 

नेप्सेले छैठौँ तहको अधिकृतदेखि दशौँ तहको प्रबन्धकसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

 

योग्यता पुगेका इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त फारम नेप्सेको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

 

आठौंदेखि दशौं तहका लागि २ हजार ५०० रुपैयाँ, सातौं तहका लागि २ हजार र छैटौं तहका लागि १ हजार ५०० रुपैयाँ दस्तुर लाग्नेछ।

अपि पावरले पायो हकप्रद निष्काशन गर्ने अनुमति Read Previous

अपि पावरले पायो हकप्रद निष्काशन गर्ने अनुमति

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंक बीच समझदारी Read Next

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंक बीच समझदारी