काठमाडौं । क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रालिले लेखक नयनराज पाण्डेको चर्चित उपन्यास लू को कपिराइट लिएको छ ।
कारो फिल्म्सका म्यानेजिङ डाइरेक्टर निशा खरेल र लेखक नयन राज पाण्डेले कपिराइट हस्तान्तरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । क्लास्सिक टेकको मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो।
कारो फिल्म्स ले नेपालमा उच्च गुणस्तर एवं रमणीय र ठूला बजेटका चलचित्रहरु आगामी दिनमा निर्माण गर्ने उद्देय ले आफ्नो स्थापना भएको बताएको छ ।
यस कम्पनीले नयाँ अत्याधुनिक प्रविधिको फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृजना गर्नेछ ।
आगामी दिनमा कारो फिल्म्सले अरु पनि वेव सिरिज, रियालिटी शोहरु निर्माण गर्ने बताएको छ ।साथै, नेपालको फिल्मी क्षेत्रमा उत्कृस्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्र लाइ नयाँ उचाइमा लैजाने कारो फिल्मस को उद्देश्य रहेको खरेलको भनाइ छ ।