नेपाल एयरलाइन्सले काठमाडौंदिल्ली रुटमा दैनिक दुई उडान गर्ने, भाडा सस्तिने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ ।

 

भारत सरकारले एयर बबल सम्झौता खारेज गर्दै सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो ।

 

निगमका अनुसार आगामी मार्च १४ मार्च (फागुन ३० गते) देखि उक्त रुटमा दैनिक दुई उडान गर्नेछ । हाल निगमले यस रुटमा दैनिक एक उडान गर्दै आएको छ ।निगमले दिल्ली दैनिक दुई उडान गर्ने भएसँगै हवाई भाडा समेत सस्तिने भएको छ ।

 

अहिले भारत उडान गर्ने निगम एक्लो नेपाली कम्पनी हो । आगामी दिनमा बुद्ध एयरले भारतको बनारसमा पुनः उडान सुरु गर्ने तयारी गरिरहेको छ ।

 

अहिले भारतबाट भारतीय विमान कम्पनीहरु भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित नेपाल उडान गरिरहेका छन् । ।

माथिल्लो त्रिशूली ‘३ बी’ हाइड्रोपावरको कामले गति लिँदै, आइपीओको बाँकी रकम छिट्टै संकलन Read Previous

माथिल्लो त्रिशूली ‘३ बी’ हाइड्रोपावरको कामले गति लिँदै, आइपीओको बाँकी रकम छिट्टै संकलन

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न Read Next

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न