उदयपुरको कटारीमा ग्लोबल आइएमई बैंकको शाखा उद्घाटन

कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

 

मंगलबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्तरुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

 

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

 

ग्लोबल आइएमई बैंकले हाल देशभरका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र सम्पन्न, नियमित उडान कहिलेदेखि ? Read Previous

६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र सम्पन्न, नियमित उडान कहिलेदेखि ?

माथिल्लो त्रिशूली ‘३ बी’ हाइड्रोपावरको कामले गति लिँदै, आइपीओको बाँकी रकम छिट्टै संकलन Read Next

माथिल्लो त्रिशूली ‘३ बी’ हाइड्रोपावरको कामले गति लिँदै, आइपीओको बाँकी रकम छिट्टै संकलन