नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो ३ साता यता ओरालो लागेको नेप्से आज पनि सोही लयमा झरेको हो ।

 

सूचक जस्तै कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । यससाता दैनिक साढे २ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज घटेर सर्वा २ अर्बमा सीमित भएको छ ।

 

बुधबार सेयर बजार मापक सूचक नेप्से ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक र फाइनान्स समूह २ प्रतिशतले घटेको छ ।

 

कारोबार भएका २२९ कम्पनीमध्ये जम्मा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे १० करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, एनआइसी एशिया बैंक १० करोड र अपीपावर साढे ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज विशाल बजार कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशत घटेको छ । त्यसैगरी सामुदायिक लघुवित्त ५.६०, बुद्धभूमि नेपाल ५.४१, नेपाल हाइड्रो ५.२०, माउन्टेन हाइड्रो, युनियन हाइड्रो, पोखरा फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे ४ प्रतिशत घटेको छ ।

 

त्यस्तै, युनिभर्सल पावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेशनल लाइफ, हिमालयन ऊर्जा, सिंगटी र जोशी हाइड्रोपावरका सेयरधनीले ४ प्रतिशत गुमाएका छन् । घट्दो बजारमा आज माउन्टेन इनर्जीका सेयरधनीले भने सबैभन्दा धेरै ८ं१० प्रतिशत कमाएका छन् ।

हिमालयन पावरको दोर्दीखोलाले वैशाखदेखि विद्युत् उत्पादन थाल्ने Read Previous

हिमालयन पावरको दोर्दीखोलाले वैशाखदेखि विद्युत् उत्पादन थाल्ने

एडभेन्चर टुरिजम डेस्टिनेशन बन्दै चन्द्रागिरि, संचालनमा आयो ‘कपल स्वीङ’ Read Next

एडभेन्चर टुरिजम डेस्टिनेशन बन्दै चन्द्रागिरि, संचालनमा आयो ‘कपल स्वीङ’