सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५०० पुगेको छ ।

 

केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला १ लाख ३ रुपैयाँ हजारमा कारोबार भएको थियोे ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार तोकिएको छ ।

 

जसको मूल्य मङ्गलबार प्रतितोला १ लाख २ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४० ले बढेर १ हजार ४५० पुगेको महासङ्घले जनाएको छ ।

 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ ।

रात्रिकालिन यात्रुका लागि नयाँ बसपार्कभित्र होटल र लज संचालनमा Read Previous

रात्रिकालिन यात्रुका लागि नयाँ बसपार्कभित्र होटल र लज संचालनमा

हिमालयन पावरको दोर्दीखोलाले वैशाखदेखि विद्युत् उत्पादन थाल्ने Read Next

हिमालयन पावरको दोर्दीखोलाले वैशाखदेखि विद्युत् उत्पादन थाल्ने