डाबर नेपालद्वारा ‘डाबर भाटिका नेचुरल श्याम्पू’ सार्वजनिक

काठमाडौं । डाबर नेपालले ‘डाबर भाटिका नेचुरल श्याम्पू’ को नयाँ रेन्ज सार्वजनिक गरेको छ। काठमाडौंको हायात प्लेसमा  सोमबार आयोजित एक कार्यक्रममा सो श्याम्पू  सार्वजनिक गरिएको हो।

 

कम्पनीका ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माले संयुक्त रुपमा सार्वजनिक गरे।

 

डाबर नेपालले नेपाली श्याम्पू  बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय भाटिका श्याम्पू  उपलब्ध गराएको कम्पनीले जनाएको छ।

 

कम्पनीका अनुसार ‘डाबर भाटिका नेचुरल श्याम्पू ’ तीनवटा भेरियन्टमा पाइन्छ। हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिन्छ ।

 

एचएस बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, ‘ डाबर भाटिका नेचुरल श्याम्पूको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

 

मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर भाटिका नेचुरल श्याम्पूआफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो । श्याम्पूको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरु सहित बजारमा ल्याएका छौं ।

 

‘डाबर भाटिका नेचुरल श्याम्पू ’ १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध छ। ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको छ।

चैत १८ देखि मोरङ व्यापार ट्रेड एक्स्पो हुने Read Previous

चैत १८ देखि मोरङ व्यापार ट्रेड एक्स्पो हुने

८ करोडमा बनेको नुवाकोट र धादिङ जोड्ने पुल भत्काएर अर्को बनाउन निर्देशन Read Next

८ करोडमा बनेको नुवाकोट र धादिङ जोड्ने पुल भत्काएर अर्को बनाउन निर्देशन