सुनको मूल्य वृद्धिले आर्थिक संकटलाई दर्शाउला ? यस्तो छ सुनकाे चर्चा

काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढ्न थालेपछि देश विदेशमा यसको चर्चा हुन थालेको छ । विश्व आर्थिक मन्दीको संकेत देखा पर्न थालेको आँकलन गर्दै मानिसलगायत केन्द्रीय बैंकहरु समेतले आफ्नो लगानीलाई अन्य ‘एसेट’बाट सुन तर्फ मोड्न थालेपछि सुनको भाउ बढ्न थालेको अनुमान गरिएको हो ।

 

अर्थतन्त्रमा सुनको ठूलो र महत्वपूर्ण भूमिका रहेको छ । मूल्यहरुको निर्माण र मुद्राको रुपमा पनि सुनको प्रयोग हुन थालेको धेरै भइसक्यो । केही दशक अघि त झन् सुनको महत्व र भूमिका अर्थतन्त्रमा झन् बढि थियो ।

 

साँस्कृतिक इत्यादी क्षेत्रमा पनि सुनले आफ्नो सौन्दर्य मूल्य गजबले स्थापित गरेको छ ।

 

मानव सभ्यताको सुरुवाती तथ्य के हो भने मुद्राको विश्वसनिय स्वरुप सुन हो । हुन त यो संसारकै बहुमूल्य धातु होइन । सुनभन्दा हजारौं गुणा महंगा धातुहरु थिए र छन् । यद्यपी सुन नै मुद्राको रुपमा प्रचलित भयो ।

 

विश्व अर्थतन्त्रको रङ्गमञ्चमा अमेरिकी अर्थतन्त्र गिजोलिदैं गएर अमेरिकी डलर कमजोर हुँदै गएपछि यो व्यवस्था पनि अन्य बलिया राष्ट्रहरुले नकार्दै गए । र, अन्तत १९७३ मा फ्री फोल्टिङ करेन्सीको अवधारणा अघि आयो ।

 

सुन मुद्राको स्वरुप मात्र होइन, कसैलाई सम्मान गर्नु परे पनि सुनले नै विभूषित गरिन्छ । यो गरिमाको प्रतिक पनि हो । ओलम्पिक इत्यादी प्रतियोगिताहरुमा विजेताले ‘स्वर्ण पदक’ पाउँछ, ‘हिरापदक’ होइन । त्रिभुवन विश्वबिद्यालयले पनि कुनै संकायको टपरलाई दिने उपाधी गोल्ड मेडल नै हो । सुनको उपादयता र गरिमाको थप चर्चा उति आवश्यक कुरा होइन ।

 

‘द गोल्ड स्ट्यान्डर्ड’, ‘ब्रेटन वुड्स’ सम्झौता र ‘फ्री फोल्टिङ करेन्सी’

 

१८७० देखि प्रचलनमा रहेको ‘द गोल्ड स्ट्यान्डर्ड’ मौद्रिक व्यवस्था पहिलो विश्व युद्धदेखि विस्तारै हट्दै गयो । यो व्यवस्था हरेक देशले आफूसँग भएको सुनको भण्डारण बराबर मात्रै नगद छाप्न सक्थे र त्यसलाई द गोल्ड स्ट्यान्डर्ड भनिन्थ्यो । तर, सन् १९४४ को ब्रेटन वुड्स सम्झौँताले विश्वमा नयाँ मौद्रिक व्यवस्था अन्र्तगत १ अमेरिकी डलर बराबर ३५ ‘आउन्स’ सुन कायम गर्‍यो र अन्य मुद्रा अमेरिकी डलरसँग बाँध्ने सम्झौँता भयो ।

 

विश्व अर्थतन्त्रको रङ्गमञ्चमा अमेरिकी अर्थतन्त्र गिजोलिदैं गएर अमेरिकी डलर कमजोर हुँदै गएपछि यो व्यवस्था पनि अन्य बलिया राष्ट्रहरुले नकार्दै गए । र, अन्तत १९७३ मा फ्री फोल्टिङ करेन्सीको अवधारणा अघि आयो । यो व्यवस्थाले हरेक राष्ट्रको मुद्रा मूल्य त्यसको माग र आपुर्तिले जनाउने भयो । र, विधिवत रुपमा अन्त्य भयो ‘स्वर्ण मुद्राको’ युग ।

 

डलर ‘भर्सेस’ सुन

 

आज सुनलाई डलरले प्रतिस्थापन गरेता पनि सुनलाई हेर्ने नजर र आकार भने फेरिएको छैन । कमोडिटी बजारमा सर्वाधिक लगानी गरिने वस्तुमा सुन नै पर्छ । केन्द्रिय बैंकहरुले पनि ठूलो मात्रामा सुन भण्डारण गरेका हुन्छन् ।

 

तथ्याङक हेर्ने हो भने अमेरिकी केन्द्रिय बैंकले ८ हजार १ सय ३४ टन सुन भण्डारण गरेको छ । यसैगरी जर्मनी, इटाली र फ्रान्सले पनि क्रमशः ३ हजार ३ सय ७१, २ हजार ४ सय ५२ र २ हजार ४ सय ३६ टन सुन भण्डारण गरेका छन् । त्यस्तै रसिया र चीनसँग क्रमशः १ हजार ९ सय १० र १ हजार ८ सय ५३ टन सुन भण्डारण रहेको छ । भारतसँग पनि ५ सय ६० टन सुन भण्डारण रहेको छ ।

 

‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार भारतीय गृहिणीहरुसँग मात्र २५ हजार टन सुन रहेको छ । यो भनेको प्रमुख १० देशको केन्द्रीय बैंकको भण्डारण भन्दा पनि धेरै हो ।

 

सामान्य मानिसहरुले पनि जाने–बुझेको कुरा के हो भने डलरको मूल्य घट्दा सुन महङ्गीन्छ । र, डलर बढ्दा सुन सस्तिन्छ । अर्थतन्त्रमा कुनै दुई वस्तुको यस्तो सम्बन्धले यी दुई वस्तु एक–अर्काका विकल्प हुन भन्ने जनाउँछ ।

 

खासमा यसो हुनुमा कुनै ठूलो रहस्य छैन । सुनको मूल्याङ्कन गरिने पनि डलरमै हो । डलर घट्नु भनेको अन्य मुद्राको तुलनामा कमजोर हुनु हो, यसको क्रयशक्ती घट्नु हो । तर्सथ, डलरको मूल्य घट्दा अन्य मुद्राको क्रयशक्ति बढ्छ र कमोडिटीको माग बढ्ने हुन्छ, सुनको माग पनि बढ्छ जसले गर्दा सुनको भाउमा वृद्धि हुन्छ ।

 

यो मात्र होइन, माथि चर्चा गरिए जस्तो, सुन र डलर वैकल्पिक वस्तु पनि हुन् । जब डलरले आफ्नो मूल्य गुमाउँदै जान्छ, लगानीकर्ताहरुले मूल्य संचित गराउने उत्तम विकल्प पनि सुनलाई नै ठान्छन् । यो तथ्याङ्कले नै देखाएका यर्थाथ हो ।

 

यद्यपी, सुनको मूल्य निर्धारण गर्ने ‘उपकरण’ डलरको घटबढ मात्र होइन । उपभोक्ताको माग, व्याजदर, मुद्रास्फिती इत्यादी अर्थतन्त्रका विविध कारणले पनि सुनको मूल्य निर्धारण गर्छ । त्यस्तै भू–राजनीति र साँस्कृतिक कारणहरुले पनि सुनको मूल्यमा असर पार्ने गरेको छ ।

 

विश्व मानचित्रको यो भेगमा सुनलाई सुख–दुखको साथी मान्ने चलन छ । यो तर्कपूर्ण पनि छ । जब कुनै पनि सरकार वा संरचना माथि आम मानिसहरुको विश्वास खस्किदैं जान्छ, सुनको मूल्य आकाशिदै जान्छ । अर्थात, मान्छे आफ्नो चल–अचल सम्पत्ति सुनमा ओइर्‍याउँछन् । यसले पनि सुनको महत्व दर्शाउँछ, आधुनिक अर्थव्यवस्थामा ।

सेयर बजार सातमा ३३ अंकले घट्यो, डेढ अर्बको कारोबार Read Previous

सेयर बजार सातमा ३३ अंकले घट्यो, डेढ अर्बको कारोबार

अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्न नपर्ने, एमओयू आजैबाट कार्यान्वयन Read Next

अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्न नपर्ने, एमओयू आजैबाट कार्यान्वयन