नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । गतसातादेखि लगातार ओरालो लागेको बजारमा आज न्यून अंकको सुधार आएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोडले बढेर साढे २ अर्ब नाघेको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँ बराबरको ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.५८ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ ।

 

कारोबार भएका २३० कम्पनीमध्ये ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २७ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, नेपाल टेलिकम १२ करोड र नेपाल लाइफ इन्स्योरेन्स ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढेको छ । त्यस्तै, बोटलर्स नेपाल ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१, नेपाल टेलिकम ३.१८, शिवश्री हाइड्रोपावर ३.०८, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, वीन नेपाल लघुवित्त र शिवम् सिमेन्टको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

चाँगुनारायणदेखि थानकोटसम्म जीपीएससहितको बस सेवा सुरू, यस्तो छ रुट Read Previous

चाँगुनारायणदेखि थानकोटसम्म जीपीएससहितको बस सेवा सुरू, यस्तो छ रुट

उजामा क्याफे : कफी पिउँदै सित्तैमा पुस्तक पढ्ने सुविधा, विद्यार्थीलाई पार्टटाइम जब Read Next

उजामा क्याफे : कफी पिउँदै सित्तैमा पुस्तक पढ्ने सुविधा, विद्यार्थीलाई पार्टटाइम जब