काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पोखरा–जनकपुरधाम सिधा उडान सुरू गरेको छ । कम्पनीले शनिबारदेखि उक्त रुटमा हवाई सेवा संचालनमा ल्याएको हो ।
पछिल्लो समय आक्रमक रुपपमा अन्तर प्रदेश हवाई विस्तारमा लागेको बुद्धले गण्डकी प्रदेशलाई मधेश प्रदेश प्रदेशसँग जोडेको हो ।
सुरुमा साताको ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । पोखराबाट जनकपुरधाम साताका ३ दिन सोमबार, बिहीबार र शनिबार पोखरा उडान हुनेछ ।
उक्त रुटका लागि बुद्धले न्यूनतम ४ हजार १०० रुपैयाँँदेखि अधिकतम ९ हजार ६२५ रुपैयाँसम्म भाडादर तोकेको छ ।
बुद्धले हाल ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा वीच एयरक्राफ्ट गरी १६ वटा जहाजमार्फत सेवा दिँदै आएको छ ।