आइएमई जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आज (कार्यालय समय)देखि हकप्रद सेयर विक्री खुला हुने भएको छ । कम्पनीले हाल कायमा चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद विक्री खुला गरेको हो ।

 

इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित मूल्यमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

 

इन्स्योरेन्सको हकप्रदमा चैत १३ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालय, सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

 

इन्स्योरेन्सको हकप्रद सेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

 

हाल १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रदपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

बन्दीपुरमा नेपाली मौलिकता झल्काउने हाउजिङ बन्दै, मूल्य कति ? Read Previous

बन्दीपुरमा नेपाली मौलिकता झल्काउने हाउजिङ बन्दै, मूल्य कति ?

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ? (सूचीसहित) Read Next

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ? (सूचीसहित)