व्यवसायीको प्रभावमा सरकार, मागभन्दा ५ गुणा बढी सुपारी आयात

काठमाडौं । व्यवसायीको प्रभावमा परेर सरकारले आवश्यकताभन्दा बढी सुपारी आयात गर्न अनुमति दिने गरेको पाइएको छ ।

 

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।

 

‘सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले ५ हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको छ,’ प्रतिवेदनमा उल्लेख छ । मागभन्दा बढी आयात भएको सुपारी भारत जाने गरेको बताइएको छ ।

 

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गरेका हुन् ।प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उनले जानकारी दिए ।

 

यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएकामा अनुपस्थित भएको उनले बताए । यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उनले समिति बैठकमा जानकारी गराए ।

उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने Read Previous

उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने

बन्दीपुरमा नेपाली मौलिकता झल्काउने हाउजिङ बन्दै, मूल्य कति ? Read Next

बन्दीपुरमा नेपाली मौलिकता झल्काउने हाउजिङ बन्दै, मूल्य कति ?