निगमलाई भारतले फेरि पठायो पेट्रोलियम पदार्थको भाउ बढेको पत्र, केमा कति बढ्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

 

आइओसीले निगमलाई आज (फागुन १७ गते)पेट्रोलियम पदार्थको मूल्य बढेको पत्र पठाएको हो । रुस र युक्रेनबीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि हुँदा नेपाल पठाउने इन्धनको मूलय पनि बढेको आइओसीले पठाएको पत्रमा उल्लेख छ।

 

निगमलाई मंगलबार आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ, मट्टितेल १०.३० रुपैयाँ, हवाई इन्धन ३.३२ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर ९९.१७ रुपैयाँ पैसाले बढेर आएको छ ।

 

बढेर आएको मूल्य अनुसार आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने देखिएको निगमले जनाएको छ । निगमका अनुसार चालु आर्थिक वर्षमा मात्रै करिब २८ अर्ब  नोक्सानी बेहोरिसकेको छ ।

 

आइओसीबाट मूल्य बढेर आए पनि तत्काल नेपालमा मूल्य बढ्ने नबढ्ने निगमले खुलाएको छैन। यद्यपि, घाटाको थेगिनसक्नु भएकाले भाउ बढाउनै पर्ने बाध्यता रहेको निगमका अधिकारीहरु बताउँछन् ।

 

यसअघि नै आइओसीलाई पठाउन सरकारसँग पैसा मागेको निगमले आगामी दिनमा भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था रहेको बताएको  छ ।

 

यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ Read Previous

यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’

बेनी-जोमसोम सडकमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन Read Next

बेनी-जोमसोम सडकमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन