युरोपको आकाशमा रुसी जहाज उडाउन प्रतिबन्ध

ब्रसेल्स । युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले यस्तो जानकारी दिएका हुन् ।

 

उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकाशमा बन्द गराएका छौं ।’

 

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको हो । युरोपेली सङ्घसँग आबद्ध राष्ट्रहरूले प्रतिबन्ध लगाइदिएकाले रुसी विमानहरू कालिनिन्ग्राडबाट आवतजावत गर्दाबाल्टिक सागरमाथिको लामो आकाशमार्ग प्रयोग गर्न बाध्य भएका छन्।

 

झन्डै १५,००० वर्ग किलोमिटर क्षेत्रफल भएको कालिनिन्ग्राड रुसको स्वामित्वमा छ। रुसको मुख्यभूमिभन्दा ३०० किलोमिटर पश्चिममा अवस्थित उक्त स्थान बाल्टिक सागर र ईयूका सदस्य लिथूएनिआ तथा पोल्यान्डको बीचमा छ।

 

लाट्भिया र लिथूएनियाको आकाशबाट सोझै उड्न नपाएपछि रुसी विमानहरू उत्तरवर्ती सेन्ट पिटर्सबर्गतिर गई बाल्टिक सागरको तटतिर उड्न बाध्य छन्। क्यानडाले पनि ब्रिटेन र ईयूले जस्तै रुसी विमानलाई आफ्नो आकाशमा रोक्न प्रतिबन्ध लगाएको छ।

 

प्रत्युत्तरमा रुसको राष्ट्रिय ध्वजावाहकले युरोपका सबै स्थानमा आफ्नो उडान रद्द गरेको छ।

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना Read Previous

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावरलाई जरिवाना

तत्काल पीपीए खुलाउन इपानको माग, २१५ आयोजनाको आवेदन Read Next

तत्काल पीपीए खुलाउन इपानको माग, २१५ आयोजनाको आवेदन