लक्ष्मी बैंकको नयाँ शाखा राजविराजमा सञ्चालन

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सप्तरीको राजविराज नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो बैंकको आफ्नो ११३औँ शाखा हो ।

 

यस शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

बैंकले देशभरका ११३ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने Read Previous

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने

दशैँका लागि बाँकेबाट मात्रै ३ हजार खसी ल्याइँदै Read Next

दशैँका लागि बाँकेबाट मात्रै ३ हजार खसी ल्याइँदै