नेष्डो समृद्ध लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कतिले भरे ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिकमा मागभन्दा ३९ गुणा बढी आवेदन परेको छ ।

 

सीडीएससीका अनुसार लघुवित्तको आइपीओमा २५ लाख ९९ हजार ५९८ जनाले ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।

 

यो अहिलेसम्म कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २५ लाख ७५ हजार बढीले आवेदन दिएका थिए ।

 

लघुवित्तले फागुन ११ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

निष्काशन भएको कुल सेयरमध्ये १२ हजार ७५० कित्ता संस्थाका कर्मचारी, ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरु र ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

सहकारीको ब्याजदर र सेवा शुल्कको सीमा तोकियो, कतिसम्म लिन पाउँछन् ? Read Previous

सहकारीको ब्याजदर र सेवा शुल्कको सीमा तोकियो, कतिसम्म लिन पाउँछन् ?

डिशहोम फाइबरनेटको सह-वितरण शोरुम इनरुवामा Read Next

डिशहोम फाइबरनेटको सह-वितरण शोरुम इनरुवामा