नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गतसातादेखि ओरालो लागेको बजारले आज पनि सोही लय समातेको हो ।

 

सूचक जस्तै कारोबार रकममा पनि उत्साह आउन सकेन । आज सवा ३ अर्बको सेयर खरिदविक्री भएको छ ।

 

आइतबार नेप्से ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ बराबरको ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र अन्य बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.०९ प्रतिशतले घटेका छन् ।

 

कारोबार भएका २२४ कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आइतबार युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १९ करोड र नेशनल हाइड्रोपावर १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

सामान्य अंकले घटेको हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ४.५८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, तेह्रथुम पावर ४.०२, सामलिङ पावर ३.६५, नारायणी विकास बैंक ३.१४, शिवम सिमेन्ट ३.०५, कर्पोरेट डेभलपमेन्ट, एनआइबीएल प्रगति फण्ड, सनराइज ब्लुचिप फण्ड, नेरुडे लघुवित्त र मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।

 

घट्दो बजारमा आज नेशनल हाइड्रोपावरका सेयरधनीले भने सबैभन्दा धेरै ४.५३ प्रतिशत कमाएका छन् ।

दुई महिनापछि पोखरा-जोमसोम उडान सुरू Read Previous

दुई महिनापछि पोखरा-जोमसोम उडान सुरू

कोरोनाले शिथिल पर्यटन क्षेत्र ब्याजदर वृद्धिले झनै संकटमा, व्यवसायी भन्छन्-'ऋण तिर्नसक्ने अवस्था छैन' Read Next

कोरोनाले शिथिल पर्यटन क्षेत्र ब्याजदर वृद्धिले झनै संकटमा, व्यवसायी भन्छन्-'ऋण तिर्नसक्ने अवस्था छैन'