काठमाडौं । निजी क्षेत्रको वायसुेवा प्रदायक बुद्ध एयरले काठमाडौं–बनारस रुटमा पुनः सिधा उडान गर्ने भएको छ । कोरोनाका कारण रोकिएको उक्त रुटमा बुद्धले चैत १८ (अप्रिल १) देखि पुनः सिधा उडान सञ्चालन गर्ने भएको हो ।
चैत १८ देखि उडान गर्ने टुंगो लागे पनि कुन–कुन बार कति उडान गर्ने भन्ने टुंगो नलागेको बुद्ध एयरले जनाएको छ । बुद्धले धार्मिक यात्रुहरु (बनारस र पशुपति आउनेजाने)लक्षित गर्दै यसअघि पनि यो रुटमा उडान गर्दै आएको थियो ।
विगतमा बनारसका नागरिकलाई पशुपतिनाथ र नेपालका यात्रुलाई बनारसका विभिन्न गन्तब्यमा घुमाउन बुद्ध होलिडेजले प्याकेज समेत विक्री गरेको थियो ।