अदालत परिसरमा एनआईसी एसियाको एक्स्टेसन काउण्टर राखिने

काठमाडौं। एनआईसी एसिया बैंक र ललितपुर महानगरपालिकाबीच ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ।

 

सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार श्री नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका छन्।

 

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ।

पूर्वाधारको विकासबाटै आर्थिक वृद्धि सम्भव Read Previous

पूर्वाधारको विकासबाटै आर्थिक वृद्धि सम्भव

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने Read Next

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने