काठमाडौं । बीम क्षेत्रको नियामक निकाय विभिन्न २८ पदका लागि कर्मचारी माग गरेको छ । समितिले एक सूचना प्रकाशित गर्दै सहायक प्रथमदेखि उपनिर्देशक पदसम्मका लागि जागिर खुलाएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी चैत २० गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।
