सगरमाथा इन्स्योरेन्सले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको फागुन १२ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

इन्स्योरेन्सले घोषणा गरेको उक्त लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ कोभन्दा झन्डै दोब्बरले बढी हो । सो आवमा इन्स्योरेन्सले ११ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद गरी ११.५७ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

राजनीतिक चेपुवामा अर्थतन्त्र Read Previous

राजनीतिक चेपुवामा अर्थतन्त्र

नेपाल-भारत जमुनाह नाका ६० घण्टा बन्द गरिँदै Read Next

नेपाल-भारत जमुनाह नाका ६० घण्टा बन्द गरिँदै