भायानेट मिनी प्याक : ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र टीभी

काठमाडौं । भायानेटले भायाटीभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । यस अफर अनुसार अब ग्राहकले मासिक ८०० रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजसँगै निःशुल्क भायाटीभी पनि सुविधा पाउने छन् ।

 

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटीभीद्वारा ग्राहकहरुले १७५ बढी च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् ।

 

यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० रुपैयाँ प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् ।

 

यसबाहेक भायाटीभी को सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ । जसमार्फत प्रयोगकर्ताहरूले लाइभ टीभी कार्यक्रमहरू पज गरी पछि हेर्ने फाइदा लिन सक्नेछन ्। मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटीभी को सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटीभी एप डाउनलोड गरी आफ्नो उपकरणबाट भायाटीभीको सुविधाहरू लिन सक्नेछ्न् ।

 

उच्च–गतिको इन्टरनेटको अन्य योजना अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटीभीहरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र १२५० रुपैयाँ प्रति महिना रहेको छ ।

 

मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ ।

रुसलाई आर्थिक संकटमा पार्न कडा कदम चाल्दै अमेरिका र युरोपेली देश, यस्ता प्रतिबन्ध लगाउँदै छन् Read Previous

रुसलाई आर्थिक संकटमा पार्न कडा कदम चाल्दै अमेरिका र युरोपेली देश, यस्ता प्रतिबन्ध लगाउँदै छन्

बर्षायाममा ८०० मेगावाट बिजुली किन्न भारत तयार, अन्तरदेशीय प्रसारण लाइन बनाउन संयुक्त कम्पनी Read Next

बर्षायाममा ८०० मेगावाट बिजुली किन्न भारत तयार, अन्तरदेशीय प्रसारण लाइन बनाउन संयुक्त कम्पनी