नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । हिजो १५ अंकले घटेको बजार आज ५९ अंकले घटेको हो । पछिल्ला दुई दिनमा नेप्से झन्डै ७५ अंकले घटेको हो ।

 

सूचकमा ठूलो गिरावट आए पनि आज कारोबार रकम मा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोडले बढेर सवा ४ अर्ब नाघेको छ ।

 

बिहीबार नेप्से ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.०१ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतले घटेका छन् ।

 

कारोबार भएका २२९ कम्पनीमध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

बिहीबार नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २७ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम २५ करोड र जीवन विकास लघुवित्त १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज युनिभर्सल पावरका सेयरधनीले सबैभन्दा धेरै ५.४७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, घलेम्दी हाइड्रोपावर, बुद्धभूमि नेपाल, आइसीएफसी फाइनान्स, युनाइटेड मोदीको मूल्य साढे ४ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, सेन्टर फाइनान्स, इन्फिनिटी लघुवित्त, सूर्य लाइफ, सिनर्जी पावर, एक्सल डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्तको ४ प्रतिशतले घटेको छ ।

 

घट्दो बजारमा आज हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

पूर्वी तराई जाने मुख्य नाका साँगा सडकखण्ड अवरुद्ध, सयौं सवारी अलपत्र Read Previous

पूर्वी तराई जाने मुख्य नाका साँगा सडकखण्ड अवरुद्ध, सयौं सवारी अलपत्र

नेपालमै रासायनिक मल उद्योग खोल्ने योजना कागजमै सीमित, ५ वर्षमा पनि लागेन टुंगो Read Next

नेपालमै रासायनिक मल उद्योग खोल्ने योजना कागजमै सीमित, ५ वर्षमा पनि लागेन टुंगो