राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबील एल क्यापिटलले बिहीबार दिउँसो साढे ३ बजे कम्पनीको आइपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी  ७९ हजार ४५० जनाले १० कित्ता दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा आवेदन दिएका २४ लाख ९९ हजार ९५२  जनाको हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

 

लघुवित्तको आइपीओमा कुल २५ लाख ८५ हजार २६१ जना आवेदकले २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको छ भने योग्य २५ लाख ७९ हजार ४०२ जनालाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएको छ ।

 

लघुवित्तले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर विक्रीम ल्याएको थियो । जसमा १३ हजार कित्ता संस्थाका कर्मचारी, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरु र ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल क्यापिटलको वेबसाइट र राष्ट्र उत्थान लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

नेपालमै रासायनिक मल उद्योग खोल्ने योजना कागजमै सीमित, ५ वर्षमा पनि लागेन टुंगो Read Previous

नेपालमै रासायनिक मल उद्योग खोल्ने योजना कागजमै सीमित, ५ वर्षमा पनि लागेन टुंगो

बजेट अभावमा मुग्लिन-नारायणगढ सडकमा पुल निर्माण प्रभावित Read Next

बजेट अभावमा मुग्लिन-नारायणगढ सडकमा पुल निर्माण प्रभावित