इलाममा तारा एयरको व्यावसायिक उडान सुरू, भाडा कति ?

Advertisement Section

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।

 

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

 

तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको टोली उडानमा सहभागी थियो ।

 

६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि वि.सं. २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो ।

 

तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

 

तारा एयरले काठमाडौं इलामका लागि ८ हजार ७०० रुपैयाँ भाडादर कायम गरेको छ । उडानको समय भने एक घण्टा लाग्नेछ ।

Advertisement Section
अब आन्तरिक उडानको हवाई भाडामा विदेशीले छुट पाउने Read Previous

अब आन्तरिक उडानको हवाई भाडामा विदेशीले छुट पाउने

‘वेस्टर्न कल्चर’ बुझेर नेपाल फर्किएका दिदीबहिनीको नयाँ सोच ‘विहे नेपाल’ Read Next

‘वेस्टर्न कल्चर’ बुझेर नेपाल फर्किएका दिदीबहिनीको नयाँ सोच ‘विहे नेपाल’