नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमा ४२ अंकले बढेको बजार आज दोहोरो अंकले घटेको हो ।

 

सूचकसँगै आज करोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर ३ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष र हाइड्रोपावर बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.२२ प्रतिशतले घटेको छ ।

 

कारोबार भएका २२८ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावर साढे १२ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदी मर्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, घलेम्दी हाइड्रो ९.२२, तेह्रथुम पावर ८.८४, रुरु जलविद्युत् ७.४८, सामलिङ पावर ६.८४, आरबीबी म्युचुअल फण्ड १, मध्यभोटेकोशी, बुद्धभूमि नेपाल र मैलुङखोलाको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज प्रभु बैंकको डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.९६ प्रतिशत गुमाएका छन् ।

चोकचोकमा फोहरको थुप्रो, रमिते महानगर (फोटोफिचर) Read Previous

चोकचोकमा फोहरको थुप्रो, रमिते महानगर (फोटोफिचर)

अब आन्तरिक उडानको हवाई भाडामा विदेशीले छुट पाउने Read Next

अब आन्तरिक उडानको हवाई भाडामा विदेशीले छुट पाउने