काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको फागुन १० गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
यद्यपि, २०७७ असोज ५ गतेपछि सेयर किनेका सेयरधनीहरुको हकमा मात्र पूँजीगत आयकर लाग्नेछ । सोभन्दा अघि कायम सेयरधनीले आयकर तिर्न नपर्ने जनाइएको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।