पोखरामा जिपलाइन गर्नेले केबलकारको टिकट सित्तैमा पाउने

काठमाडौं । पोखरामा रहेको हाइ ग्राउण्ड जिपलाइन गर्नेले अन्नपूर्ण केबलकारको टिकट सित्तैमा पाउने भएका छन् । हाइ ग्राउण्ड एडभेन्चर्सले पर्यटक लक्षित गर्दै जिपलाइन गर्नेले केबलकारको टिकट निःशुल्क पाउने योजना ल्याएको हो ।

 

कम्पनीका अनुसार जिपलाइन बुक गर्ने पर्यटकले केबलकारमार्फत सराङकोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सक्नेछन् । अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइजी रहेको हाइ ग्राउण्डले सन्चालनमा ल्याएको उक्त जिपलाइन विश्वकै भिरालो र छिटो रहेको कम्पनीको दाबी छ । यस जिपलाइनमा पर्यटकले सुपरम्यान जिपलाइनको समेत अनुभव लिनसक्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार जिपलाइनको टप स्टेसन सराङकोटबाट बटम स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर रहेको छ । विश्वकै एक मात्र भिरालो क्षेत्रमा रहेको जिपलाइन भएको जनाउँदै कम्पनीले विश्व किर्तीमानीका लागि दर्ता गर्न आवेदन दिइसकेको जनाएको छ ।

 

गत शुक्रबार मात्र संचालनमा आएको अन्नपूर्ण केबलकार लेकसाइड सेती बगरबाट सराङकोट पुग्नेछ । यो २.१६ किलोमिटर लामो छ।

 

यहाँबाट पर्यटकले समुन्द्री सतहबाट १ हजार ६०० मिटर उचाइमा रहेको सराङकोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्यसँगै प्याराग्लाइडिङको उडान नजिकैबाट नियाल्न सक्नेछन्।

 

विदेशी सुपारीको आयात बन्द गर्न माग Read Previous

विदेशी सुपारीको आयात बन्द गर्न माग

नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Next

नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?