नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २५ अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । पछिल्ला दुई दिनमा नेप्से ४२ अंकले बढेको छ ।

 

सूचकसँगै आज करोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २२ करोडले बढेर झन्डै सवा ३ अर्ब पुगेको छ ।

 

मंगलबार नेप्से १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये लगानी र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक पनि १ प्रतिशतले बढेको छ ।

 

आज कारोबार भएका २२८ कम्पनीमध्ये १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली १२ करोड र जीवन विकास लघुवित्त ११ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने युनाइटेड इदी मार्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, सामलिङ पावर ८.५२, तेह्रथुा पावर ६.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.०४, वरुण हाइड्रोपावर ५.४३, घलेम्दी हाइड्रोपावर ५.१५, आइसीएफसी फाइनान्स ४.८४, न्यादी हाइड्रोपावर ४.७०, एभरेष्ट बैंक, बुद्धभूमि नेपाल, गोर्खा फाइनान्स, शिखर इन्स्ष्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र मध्यभोटेकोशीको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

 

बढ्दोे बजारमा आज सिभिल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ ।

कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द Read Previous

कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द

८ करोडको आइपीओ ल्याएको नेष्डो लघुवित्तमा एनजीओ र बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था Read Next

८ करोडको आइपीओ ल्याएको नेष्डो लघुवित्तमा एनजीओ र बैंकसम्मको लगानी, यस्तो छ वित्तीय अवस्था