एनएमबी बैंकका ग्राहकले विराटनगरको हाम्रो अस्पतालमा सहुलियत पाउने

काठमाडौं । एनएमबी बैंक र विराटनगरस्थित हाम्रो अस्पताल बीच द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे ।

 

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा बैंकका ग्राहकले विशेष छुट तथा सहुलियत पाउने भएका छन् ।

 

उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरूलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरू र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।

 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबी बैंकले हाल देशभरका २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक, ७६ करोड बक्यौता उठ्यो Read Next

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक, ७६ करोड बक्यौता उठ्यो