काठमाडौं । खल्ती मोवाइल डिजिटल वालेको प्रयोग गरेर निशुल्क मेरो सेयर नविकरण गर्न सकिने भएको छ ।
यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र नभएर, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्नेछन् । प्रयोगकर्तालाई मेरो शेयर खाता नवीकरण गर्न ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
तर खल्तीको यो अफर अन्तर्गत शतप्रतिशत क्यास ब्याक प्राप्त हुनेछ । यसमा अधिकतम क्यासब्याक एक वर्षको नवीकरणका लागि रहेको छ । तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् ।
खल्ती प्रयोगकर्ताले यो अफर एक पटक मात्र लिन सक्ने कम्पनीले जनाएको छ । यो अफर आउँदो चैत २ गतेसम्म लागू हुने बताइएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो अफरले सम्भावित थुप्रै लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न प्रोत्साहन दिने बताए ।