काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
निगमलाई बुधबार आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ५.६१ रुपैयाँ, डिजेल ५.६२ रुपैयाँ र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको छ ।
बढेर आएको मूल्य अनुसार आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने देखिएको निगमले जनाएको छ । निगमका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र निगमले करिब २४ अर्ब नोक्सानी बेहोरिसकेको छ ।
आइओसीबाट मूल्य बढेर आए पनि तत्काल नेपालमा मूल्य बढ्ने नबढ्ने निगमले खुलाएको छैन। यद्यपि, घाटाको थेगिनसक्नु भएकाले भाउ बढाउनै पर्ने बाध्यता रहेको निगमका अधिकारीहरु बताउँछन् ।
यसअघि नै आइओसीलाई पठाउन सरकारसँग पैसा मागेको निगमले आगामी दिनमा भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था बताएको छ ।
