फागुन ११ देखि नेष्डो समृद्धि लघुवित्तको आइपीओ आउने

काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये ०.५ प्रतिशत (१२ हजार ७५० कित्ता) संस्थाका कर्मचारी र ५ प्रतिशत (४१ हजार ४३७ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

 

कम्पनीको आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ वितरणपछि २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

राष्ट्र उत्थान लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

राष्ट्र उत्थान लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

पाँचखालमा स्मार्ट सिटी बनाउन निफ्रा र सिंगापुरको कम्पनी बीच सम्झौता Read Next

पाँचखालमा स्मार्ट सिटी बनाउन निफ्रा र सिंगापुरको कम्पनी बीच सम्झौता