सुकेटार विमानस्थल पुनः सञ्चालनमा, साताका यी तीन बार उडान हुने

ताप्लेजुङ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।

 

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। निगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए ।

 

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

ओरालो लाग्यो घरजग्गा कारोबार, माघमा यी ठाउँमा भए धेरै किनबेच Read Previous

ओरालो लाग्यो घरजग्गा कारोबार, माघमा यी ठाउँमा भए धेरै किनबेच

थानकोटमा १ अर्ब लगानीमा विशेषज्ञ सेवा दिने अस्पताल बन्ने Read Next

थानकोटमा १ अर्ब लगानीमा विशेषज्ञ सेवा दिने अस्पताल बन्ने