यती एयरलाइन्सको भ्यालेन्टाइन अफर : माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले ‘भ्यालेन्टाइन डे’को अवसरमा आकर्षक अफर ल्याएको छ । एयरलाइन्सले विशेषगरी जोडीहरुलाई लक्षित गर्दै माउन्टेन फ्लाइटमा आकर्षक योजना ल्याएको हो ।

 

कम्पनीका अनुसार भ्यालेन्टाइन डेका दिन माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तमै दिने भएको छ । ९ हजार ८४८ रुपैयाँमै माउन्टेन फ्लाइटको टिकट खरिद गर्दा अर्को टिकट सित्तमै उपलब्ध गराउने एयरलाइन्सले जनाएको छ । सो रकमा एउटा झ्यालपट्टीको र अर्को झ्याल नभएको सिट पाइने छ ।यस्तै, झ्यालपट्टीको एउटा मात्र टिकटको मूल्य ८ हजार ८४८ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 

यो दिन माउन्टेन फ्लाइट गर्ने भाग्यशाली जोडीले गोकर्ण फरेष्ट रिसोर्टमा निःशुल्क बेड एण्ड ब्रेकफास्ट सहितको नाइट स्टे सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यस्तै, सो दिन यात्रुले १५ प्रतिशत छुट पाउने कम्प्नीले जनाएको छ ।

 

भ्यालेन्टाइन डेका दिन हुने माउन्टेन फ्लाइटमा कलाकार स्वस्तिमा खड्काको सहभागिता रहने एयरलाइन्सले जनाएको छ ।

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली Read Previous

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

अब बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा गाडी किन्न सकिने Read Next

अब बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा गाडी किन्न सकिने