काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ७० अंकले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको हो ।
साथै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर कर्जामा अझै कडाइ गर्ने हल्लाका कारण पनि बजारमा पहिरो गएको लगानीकर्ताको आकलन छ ।