मन्त्री आलेको एकपछि अर्को ‘एक्सन’, ड्रिमल्याण्ड होटल र ह्याप्पी आवर क्यासिनो बन्द गर्न निर्देशन

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बक्यौता नतिर्ने क्यासिनो विरुद्ध एकपछि अर्को कदम चालेका छन् ।

 

बुधबार मात्र साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका मन्त्री आलेले सरकारलाई राजस्व नबुझाउने नेपालगञ्जको ड्रिमल्याण्ड होटलमा सञ्चालित ह्यापी आवर क्यासिनो पनि बन्द  गराएका हुन् ।

 

उक्त होटल तथा क्यासिनो बन्द गर्न पर्यटन विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

 

क्यासिनोले ३८ करोड भन्दा बढी रोयल्टी नतिरेको भन्दै बन्द गर्न पत्र समेत काटेको छ। क्यासिनोले २०७६/७७ सम्मको बाँकी बक्यौता २०७७/७८ को इजाजतपत्र नवीकरण दस्तुर २०७८/७९ को रोयल्टी तथा नवीकरण दस्तुर समेत गरी जम्मा ३८ करोड १० लाख ४५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ। ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।

 

लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

‘औद्योगिक हब’ बन्दै बाँकेको गनापुर, सिमेन्ट, स्टीलसहित ६३ उद्योग स्थापना Read Previous

‘औद्योगिक हब’ बन्दै बाँकेको गनापुर, सिमेन्ट, स्टीलसहित ६३ उद्योग स्थापना

फागुन १५ भित्र फस्टट्रयाकको ८ प्याकेजको ठेक्का लगाइने Read Next

फागुन १५ भित्र फस्टट्रयाकको ८ प्याकेजको ठेक्का लगाइने