नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १६ अंकले घटेको नेप्से आज सोभन्दा बढी अंकले घटेको हो । पछिल्ला दुई कारोबार दिनमा नेप्से ३८ अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै ३ अर्बले घटेर साढे ३ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा आइपुगेको छ । आज २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.५४ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, लगानी र व्यापार समूह पनि १ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २२३ कम्पनीमध्ये जम्मा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम साढे १४ करोड र नेशनल हाइड्रो १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.६४ प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल एसबीआई बैंकको डिबेञ्चर, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी विकास बैंक र वीन नेपाल लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

त्यस्तै, सामलिङ पावर, माउन्टेन इनर्जी, बुटवल पावर, गरुाँस लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जानकी फाइनान्ससहित डेढ दर्जन कम्पनीको सेयर मूलय २ प्रतिशतले घटेको छ । घट्दो बजारमा आज लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.०४ प्रतिशतले बढेको छ ।

सिद्धबाबामा सुरुङ बनाउन चिनियाँ कम्पनीले पायो ठेक्का, लागत कति ? Read Previous

सिद्धबाबामा सुरुङ बनाउन चिनियाँ कम्पनीले पायो ठेक्का, लागत कति ?

यात्रु नराखी फागुन १ देखि कुर्था-जयनगर रेल चलाइने, लिकबाट हाटबजार हटाउन सुरू Read Next

यात्रु नराखी फागुन १ देखि कुर्था-जयनगर रेल चलाइने, लिकबाट हाटबजार हटाउन सुरू