आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको माघ २५ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । गत वर्ष चौतारी लघुवित्तसँग मर्ज भएकाले कर छुट पाउने भएकले लघुवित्तले नगद लाभांश भने छुट्याएको छैन ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

कोरोना बीमा दाबी भुक्तानीका लागि समितिले पठायो मन्त्रालयलाई दुई विकल्प Read Previous

कोरोना बीमा दाबी भुक्तानीका लागि समितिले पठायो मन्त्रालयलाई दुई विकल्प

रिक्त भएको डेढ महिनापछि हेटौंडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान Read Next

रिक्त भएको डेढ महिनापछि हेटौंडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान