नेप्सेमा तीव्र उतरचढाव, दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । दिनभरमा झन्डै ९० अंकको उतरचढाव आएको हो । बजार खुलेको ५ मिनेटमै ६५ अंकले बढेको बजार २५ अंकसम्मले घटेको थियो भने अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले बढेर सवा ६ अर्ब नाघेको छ ।

 

मंगलबार नेप्से १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ । आज २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै ०.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.५४ प्रतिशतले घटेको छ ।

 

आज कारोबार भएका २३० कम्पनीमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३६ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर ३३ करोड र निफ्रा ३२ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल हाइड्रो ५.१८, बोटलर्स नेपाल ३.९५, युनिभर्सल पावर ३.६३, तेह्रथुम पावर ३.२५, अपर तामाकोशी ३.०९, हिमालयन पावर, एचआइडीसीएल, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा लगायत १ दर्जन कम्पनीके सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

घट्दो बजारमा आज नेपाल इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले बढेको छ ।

कोहलपुरमा नेपालकै नमूना बसपार्क बन्दै, अन्तर्राष्ट्रिय बस समेत सञ्चालन हुने Read Previous

कोहलपुरमा नेपालकै नमूना बसपार्क बन्दै, अन्तर्राष्ट्रिय बस समेत सञ्चालन हुने

गैरजिम्मेवार व्यवसायी बन्दै बैंक संचालक : अन्धाधुन्ध कर्जा प्रवाह, समस्या आएपछि राष्ट्र बैंकलाई दोष Read Next

गैरजिम्मेवार व्यवसायी बन्दै बैंक संचालक : अन्धाधुन्ध कर्जा प्रवाह, समस्या आएपछि राष्ट्र बैंकलाई दोष