जाल्पा लघुवित्तको आइपीओ भर्नेको ओइरो, पहिलो दिनमै १५ गुणा आवेदन, कतिले भरे ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सयेर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ । आजदेखि आवेदन  खुला गरेको कम्पनीको आइपीओमा पहिलो दिनमै झन्डै  १५ गुणा आवेदन परेको हो ।

 

सीडीएससीका अनुसार शुक्रबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ४९८ जनाले ७२ लाख ६५ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १४.८९ गुणा बढी हो ।

 

लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको छ । निष्कातशत कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकप्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ४ लाख ८७ हजार ९०० कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ४८ हजार ७९० जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् भने पहिलो दिनमै झन्डै ६ लाखले भरिसकेका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

उपत्यकामा रोक्का गरिएका यी ६० बढी ठाउँको जग्गा फुकुवा हुँदै Read Previous

उपत्यकामा रोक्का गरिएका यी ६० बढी ठाउँको जग्गा फुकुवा हुँदै

संचालकको स्वार्थ नमिल्दा लगानीकर्ताको सवा खर्ब बन्धक, यी हुन् कारोबार रोक्का भएका कम्पनी Read Next

संचालकको स्वार्थ नमिल्दा लगानीकर्ताको सवा खर्ब बन्धक, यी हुन् कारोबार रोक्का भएका कम्पनी