यी ९ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । बीमा क्षेत्रका कम्पनी बाहेक अन्य क्षेत्रका अधिकांश कम्पनीहरुले साधरण सभा समेत गरिसकेका छन् ।

 

हालसम्म लाभांश घोषणा गरेकामध्ये ९ कम्पनीले भने साधरण सभा प्रयोजनका लागि अझै बुकक्लोज मिति तोकेका छैन । तसर्थ, अझै यी कम्पनीको सेयर किन्दा लाभांश पाइन्छ ।

 

हिमालयन जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्, नेशनल लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक, जानकी फाइनान्स, प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र कालिका लघुवित्तको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

 

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद गरी ११.५८ प्रतिशत, नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९, सिद्धार्थ  इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ र हिमालयनले ६.६५ प्रतिशत बानेस र ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

त्यस्तै, आव २०७७/७८ को मुनाफाबाट गरिमा विकासले १६ प्रतिशत बोनस सेयर, जानकी फाइनान्सले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत र कालिका लघुवित्तले २५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ ।

 

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

तपाईंको खाताबाट पैसा चोरी हुनसक्छ, विद्युतीय कारोबार गर्दा यी ७ उपाय अपनाउनुहोस् Read Previous

तपाईंको खाताबाट पैसा चोरी हुनसक्छ, विद्युतीय कारोबार गर्दा यी ७ उपाय अपनाउनुहोस्

उपत्यकामा रोक्का गरिएका यी ६० बढी ठाउँको जग्गा फुकुवा हुँदै Read Next

उपत्यकामा रोक्का गरिएका यी ६० बढी ठाउँको जग्गा फुकुवा हुँदै